काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल पक्षको कास्कीमा आयोजित भेलाबाट कास्कीमा समानान्तर कमिटी घोषणा गरिएको छ ।
बिहीवार पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा आयोजित भेलाले ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।
नेता माधव कुमार नेपालको प्रमुख उपस्थितिमा आयोजित कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया