काठमाडौं । डिशहोमले नयाँ योजना “खुशीको उडान” शुरु गरेको छ । ग्राहकहरुलाई अझ गुणस्तरीय सेवा दिने लक्ष्यका साथ सो योजना अघि सारिएको डिशहोमले जनाएको छ ।
सो योजना अन्तर्गत हरेक हप्ताको बिहीवार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीहरुले बैंककको भ्रमण गर्न सक्नेछन् । लक्की ड्रमा सहभागीता जनाउनलाई ग्राहकहरुले आफ्नो सदस्यतालाई डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफरबाट टप अप गर्नु पर्ने डिशहोमले जनाएको छ । साथै इ–वालेट एपस् र रिचार्ज कार्डहरुबाट रिचार्ज गरेर पनि ग्राहकहरु यस योजनामा सहभागीहुन सकिने छ । लक्की ड्रको घोषणा हरेक बिहीवार हुने डिशहोमले जनाएको छ ।
डिशहोमका अनुसार लक्की ड्रको विजेताहरुको घोषणा ग्राहकहरुको सेटअप बक्समा भएको CAS ID कास आईडी को आधारमा गरिने र सो को शुरुवात चैत २६, २०७७ देखि हुनेछ । डिशहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिशहोम सोकेस च्यानलहरुमाहरेक बिहीवार पाँच बजे प्रत्यक्ष प्रसारण पनि हुने छ ।
सक्रियग्राहकहरुलेआफ्नो नजिकैको डिशहोम डिलर वाडिशहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाका बारेमा थप आधिकारिक जानकारी प्राप्त गर्न सक्ने डिशहोमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया