काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि एमाले नेत्र रामकुमारी झाँक्री खनिएकी छन् । अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमारी नेपाल र उपाध्यक्ष भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई कारवाही गरेपछि नेत्री रामकुमारी झाँक्रीले आक्रोश व्यक्त गरेकी छन्।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई ६ महिनाका लागि पार्टी सदस्यताबाट निलम्बन गरेको केही दिन नबित्दै नेताहरू पाण्डे र भुसाललाई पनि बिहीवार कारवाही गरेका थिए ।
ओलीको यो कदमका विरुद्ध नेपाल पक्षमा रहेकी नेत्री झाँक्रीले असन्तुष्टि व्यक्त गरेकी हुन्। जसले पार्टी बनायो उसैलाई कारवाही’ गरेको उल्लेख गर्दै नेत्री झाँक्रीले ‘साधुलाई सुली र चोरलाई चौतारो’ स्वीकार्य नहुने चेतावनी दिएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया