काठमाडौं । रूरू जलविद्युत परियोजनाले आजबाट सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले कुल ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ७९ हजार १६७ सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।
उक्त आईपीओमा छिटोमा चैत २४ गतेसम्म र उक्त अवधिमा पूर्ण आवेदन नपरेमा वैशाख ३ गतेसम्म म्याद थप हुनेछ ।कम्पनीले यसअघि स्थानीय आयोजना प्रभावित गुल्मी जिल्लाको स्थानीयको लागि फागुन ७ गते देखि ४ लाख ७ हजार ७०५ कित्ता सेयर निष्काशन गरेर बाँडफाँड गरिसकेको छ।
आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया