अब आईसीसीको प्रतियोगितामा २२ खेलाडी राख्न पाइने

लोकपथ
0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को ठुला प्रतियोगितामा अब हरेक टिमले २२ खेलाडी राख्न पाउने भएका छन् ।

आईसीसीको बोर्ड बैठकले आउने ठुला प्रतियोगितामा टिममा २२ खेलाडी राख्न दिने निर्णय गरेको हो । कोरोना भाईरसलाई मध्येनजर गर्दै आईसीसीले टिममा थप ७ खेलाडी राख्न दिने निर्णय गरेको हो ।

यस अघि एक टिममा १५ खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो ।

आईसीसीको अनुमतिसँगै अब आईसीसीको प्रतियोगितामा ३० सदस्सीय टिम हुनेछ । जसमा ८ स्टाफ हुनेछ ।

आईसीसीले गत वर्ष २३ सदस्सीय टिमलाई अनुमति दिएको थियो ।

  • एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?