काठमाडौं । टेनिस खेलाडी अस्लेइग बार्टी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
फ्लोरिडामा शुक्रवार बिहान भएको खेलमा उक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै बार्टी फाइनलमा प्रवेश गरेकी हुन् ।
बार्टीले पाँचौं वरीयता प्राप्त इलिनालाई ६-३ र ६-३ को सेटमा पराजित गरिन् ।
२४ वर्षीय अष्ट्रेलियन खेलाडीले इलिनाविरुद्ध जित निकाल्न १ घण्टा २७ मिनेटको समय निकालिन ।
साविक विजेता समेत रहेकी बार्टीले फाइनलमा मारिया सक्कारी र बियान्का एन्द्रेस्क्युबीचको विजेतासँग खेल्ने छिन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया