काठमाडौं । भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । आज (शुक्रवार) ट्वीट गर्दै तेन्दुलकरले आफू अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।
उनी केही दिनअघि मात्र कोरोना संक्रमित भएका थिए ।
उनले लेखेका छन् , ‘मलाई कडा सावधानीका साथ चिकित्सकको सल्लाहपछि अस्पतालमा भर्ना गरिएको छ । म केहि दिनमा घर फर्कने आशा गर्दछु । तपाई सबै ख्याल गर्नुहाेस् र सुरक्षित रहनुहोस् ।’
तेन्दुलकरले सबै भारतीय र भारतीय क्रिकेट टीमलाई २०११ विश्वकप जितको १० बर्ष पूरा भएकोमा बधाई पनि दिएका छन् ।
२०११ अप्रिल २ मा भारतीय क्रिकेट टीमले विश्वकपको फाइनलमा श्रीलंकालाई हराएर विजयी भएको थियो ।
पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तब्ररुपमा वृद्धि भएको छ ।
Thank you for your wishes and prayers. As a matter of abundant precaution under medical advice, I have been hospitalised. I hope to be back home in a few days. Take care and stay safe everyone.
Wishing all Indians & my teammates on the 10th anniversary of our World Cup 🇮🇳 win.
— Sachin Tendulkar (@sachin_rt) April 2, 2021
यो पनि : भारतमा थप ८१ हजार बढीमा कोरोना संक्रमण, ४ सय ६९ जनाको मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया