माछापुच्छ्रे बैंकले ल्यायो ‘कन्ट्याक्ट लेस’ कार्ड

लोकपथ
0
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘कन्ट्याक्ट लेस’ कार्ड सेवा शुरु गरेको छ ।

माछापुच्छ्रे बैंक भिषा कार्ड मार्फत हुने कारोबारलाई अझ सहजबनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवा शुरु गरेको हो । ग्राहकलाई नयाँ र सहज सेवाप्रदान गर्दै जाने क्रममा उक्त कन्ट्याकलेस कार्ड सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएस (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त’ट्याप एण्ड पे’ सुविधा युक्त पीओएस मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका कन्ट्याकलेस कार्ड अन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता नपर्ने र २००० भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ ।

बैंकले उक्त सेवा आफ्ना अधिकांश पीओएस मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको बैंकको दाबी छ । सो सुबिधा लिनको लागि ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिनसकिने बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?