एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । धनुषामा एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२३ विन्दीस्थित सडकमा ज १ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २४ वर्षीय वसन्त कुमार झाको बिहीवार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर गाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?