काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै कृषि विकास बैंक लिमिटेडले गर्न लागेको चांैथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनीको मिति परिवर्तन गरेको छ ।
बैंकले आगामी चैत्र २७, २८ र २९ गते चौँथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी गर्न लागेको थियो । तर छिमेकी मुलुकहरुमा भइरहेको कोभिडको संक्रमित संख्या बढेसँगै नेपाल सरकार, स्वास्थ्य मन्त्रालयल तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधलाई मध्यनजर गर्दै अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गर्न गरिएको जानकारी बैंकले गराएको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनीको मिति परिवर्तन गरि आगामी २०७८ साल भदौ १८ देखि २० गते गर्न लागेको समेत बैंकले जनाएको छ ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा बिदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेहरुको स्वास्थ्यमा पर्नेसक्ने असरलाई मध्यनजर गर्दै प्रदर्शनीको मिति परिवर्तन गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया