काठमाडौं । कीर्तिपुर र जोरपाटीलगायतका क्षेत्रमा आज ६ घण्टा बत्ती जाने भएको छ। कीर्तिपुर वितरण केन्द्रको रोपवे फिडर अन्तर्गत बल्खु खोला नजिक आज स्विच जडानको काम गरिँदै छ ।
मर्मतको काम गर्नुपर्ने भएकाले रोपवे फिडरमा पर्ने सिभीलहोम, कीर्तिपुर रिङरोड, पाँगा, ट्याङ्लाफाँटलगायत ठाउँमा साढे २ घण्टा बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।विहान साढे १० बजेदेखि १ बजेम्म लाइन काटेर मर्मतको काम गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यस्तै जोरपाटी वितरण केन्द्रको साँखु फिडर अन्तर्गतका मायापाटी, ब्रह्मखेल, इन्द्रायनी, साँखु, जर्शिङ पौवा, नाङ्लेभीरलगायतका क्षेत्रमा लाइन स्थानानन्तरणको काम भइरहेको छ । सो क्षेत्रमा पनि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा बत्ती जाने भएका प्राधिकरणले सूचना निकालेर जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया