माओवादी केन्द्रले के भोली नै लिन्छ त समर्थन फिर्ता ?

लोकपथ
0
Shares

काठमाडौं । नयाँ सरकार विस्तारमा निर्णायक मानिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक आइतवार बस्ने भएको छ । भोली बस्ने बैठकले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय हुने स्रोतले जनाएको छ ।

बिहीवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले एक/दुई दिनमै औपचारिक बैठक बोलाउने निर्णय समेत गरेको थियो । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार बनाउन अग्रसर हुने निर्णय गरेसँगै भोली बस्न लागेको माओवादी केन्द्रको बैठकलाई महत्वका साथ हेरिएको छ ।

साथै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर त्यसलाई केन्द्रीय कमिटीमा अनुमोदनमा लैजाने सक्ने स्रोतले जनाएको छ । २३ फागुनमा सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए पनि अहिलेसम्म सरकारलाई दिएको समर्थन भने माओवादी केन्द्रले फिर्ता लिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?