काठमाडौं । कांग्रेसका नेता राधेश्याम अधिकारीले केन्द्रीय निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका छन्। कांग्रेसको शुक्रवार बसेको केन्द्रीय समिति बैठकले अधिकारीको राजीनामा पत्र स्वीकृत गरेको छ ।
अधिकारीलाई राजीनामा फिर्ता लिन नेताहरुले आग्रह गरेपनि उनले नमानेपछि राजीनामा स्वीकृत भएको बताइएको छ। निर्वाचन समितिका एक सदस्यका अनुसार अधिकारीले दुई साताअघि नै पार्टी कार्यालयमा राजीनामा पत्र बुझाइसकेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया