काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैसाथ १ सय ६५ सडकको शिलान्यास गर्दै छन् । प्रधानमन्त्री ओलीले १ सय ६५ निर्वाचन क्षेत्रका सडकलाई आज शिलान्यास गर्न लागेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट उनले संघीय निर्वाचन क्षेत्रमा एक–एक वटा सडकका दरले सडक शिलान्यास गर्न लागेको उनको सचिवालयले जनाएको छ । बालुवाटारबाट विहान ११ बजे डिजिटल स्वीच थिचेर प्रधानमन्त्री ओलीले सडक शिलान्यास गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
सडक निर्माणको काम तीनवर्ष भित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक निर्माण तय गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया