नेपाली कांग्रेसले सक्यो ७६ जिल्लाको संगठन समायोजन

लोकपथ
0
Shares

काठमाडौं – नेपाली कांग्रेसले सिन्धुपाल्चोकबाहेक सबै ७६ जिल्लाको संगठन समायोजन सकेको छ । कांग्रेसको स्थानीय तह संगठन पुनःसंरचनाको अन्तरिम निर्देशिका २०७६ बमोजिम ७७ जिल्लाको समायोजन गर्ने कार्य पार्टी केन्द्रीय निर्वाचन समितिलाई सुम्पिएकोमा ७६ जिल्लाको समायोजन गर्ने कार्य सकिएको हो ।

प्राविधिक कारणले सिन्धुपाल्चोकको काम बाँकी रहेको कांग्ेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

समायोजन गर्ने क्रममा अभिलेखहरु दुरुस्त रहेको जिल्लामा कुनै समस्या नदेखिएपनि अभिलेख ठीकसँग नराखिएको स्थानमा भने सत्यतथ्य छुट्याउन निकै सकस भएकाले आउने दिनमा वडादेखि केन्द्रीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको अभिलेख सम्बन्धित सबै तहमा राख्ने र हेर्न सक्ने व्यवस्था मिलाउन समितिले सुझाव दिएको छ ।

समायोजनका क्रममा अन्तिममा समायोजन भएका सप्तरी धनुषा, सर्लाही, बारा तथा पर्सा जिल्लामा केही उजुरी परेका थिए । ती उजुरीमाथि छानबिन भर्इ निर्णय दिँदा समेत केही गुनासो कायमै रहेको बताइएको छ । त्यस्ता गुनासाहरु केन्द्रीय समितिमा पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?