काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको भन्दै उनीहरुले नबुझेर सरकारलाई तानाशाही भनेको बताएका छन् ।
आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफवाह फैलाएको उनको दाबी छ ।
आफू नेतृत्वको सरकारले विकास निर्माणका कामलाई तीव्रताका साथ अघि बढाएको भएकैले विपक्षीहरुले तथ्यहीन तर्क वितर्क गरेर सरकारको विरोध गर्न खर्चिएको उनको भनाइ छ ।
उनले विरोधमा सरकारलाई तानाशाही भन्नेहरुले त्यसको अर्थ नै नबुझेको पनि टिप्पणी गरे ।
‘विरोधमा केही मान्छे तानाशाही आयो भन्छन्, के हो तानाशाही भनेको ? फाँसीवाद भनेको शब्द नबुझेर बोलेको हो कि ?’, उनले भने, ‘जसले यसो भनिरहेका छन् । ती मान्छेले नै फाँसीवाद ल्याउन खोजेका थिए। लोकतन्त्र विरुद्ध जसले गलत काम गर्छ, उसैले तानाशाह, फाँसीवाद र अधिनायकवाद भन्छ । नबुझेर बोलेजस्तो लाग्यो ।’
सरकारले यस्ता भ्रमपूर्ण कुरामा नभइ जनता, विकास, देशको हित र स्वाभिमान ध्यान दिएको पनि उनले बताए ।
उनले एक समारोहकाबीच आज देशभरका १६५ रणनीतिक सडकको शुभारम्भ घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया