काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए कांग्रेसले हटाउने चेतावनी दिँदै ओली सरकारले ७० वर्षदेखि लडेर ल्याएको व्यवस्था ध्वस्त पार्न लागेको आरोप लगाएका छन् ।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्ने क्रममा नेता पौडेलले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन शुक्रबारको केन्द्रीय समिति बैठकले अठोट लिएको प्रस्ट्याउँदै भने, ‘छोड्नुहुन्न भने हामी हटाउँछौं।’ ओलीको प्रवृत्तिकै कारण सत्ताको विकल्प खोजिएको उनको भनाई छ ।
‘ओलीले सांसदलाई तिरस्कार गर्नुभएको छ। संसद् र संविधान प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ। उहाँ थप समय सत्तामा रहे लोकतन्त्रमा थप क्षति हुन्छ । केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौं ।’ पौडेलले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया