नेता सिंहले खुलाए कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिनु परेको कारण

लोकपथ
0
Shares

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीले सरकार निर्माणमा अग्रसरता लिनु परेको कारण खुलाएका छन्।

जनताबाट बहुमत प्राप्त ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्दतर्फ धकेलेकाले वर्तमान समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेकोले आफ्नो पार्टीले सरकार निर्माणमा अग्रसरता लिनु परेको उनले खुलाएका हुन् ।

दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले सबै दलहरुको निष्कर्ष पनि नेपाली कांग्रेसले नेतृत्व लिनुपर्ने रहेको उनको भनाई छ।

‘कम्युनिष्टहरुले ५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड ३ वर्ष पनि टिक्न सकेन। यो सरकार असफल भईसक्यो । देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ। र कांग्रेस अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि सफल हुनेछ ।’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?