टेकसिँह धामी/ धनगढी- दार्चुलामा डाक्टरलाई धम्की आएको छ । दार्चुलाको गोकुलेश्वर प्राथमिक अस्पतालमा कार्यरत डाक्टरलाई ज्यान मार्ने धम्की आएको हो ।
ज्यान मार्ने धम्की आएको भन्दै गोकुलेश्वर प्राथमिक अस्पतालले आकस्मिक तथा प्रसूति सेवाबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालले केही व्यक्तिले मादक पदार्थ सेवन गरेर अस्पतालको इर्मेजेन्सी कक्षभित्र प्रवेश गरी गालीगलौच तथा कुटपिटको प्रयास गरेको जनाएको छ । उनीहरुले ज्यान मार्ने धम्की समेत दिएको हिजो शनिवार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उक्त विषयमा स्थानीय प्रशासनलाई बारम्बार जानकारी गराएको तर कुनै सुनुवाई नभएकाले अब अस्पतालको हाताभित्र काम गर्ने वातावरण नभएकाले अनिश्चितकाल लागि सेवा बन्द पारेको अस्पताल प्रशासनले जनाएको छ ।
दार्चुलामा सञ्चालित चौलानी मिडियाले अस्पतालका बारेमा सत्यतथ्य नबुझी भ्रमात्मक समाचार सम्प्रेषण गरेकाले कारवाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
साथै उक्त दुर्व्यवहारमा संलग्न स्थानीय हर्कसिह धामी र मोेहन साउदलाई कारवाही नगरेसम्मसम्म आकस्मिक तथा प्रसूति सेवाबाहेक सबै सेवा प्रवाह नगरिने समेत बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया