काठमाडौं । फ्रान्समा पछिल्लो २४ घन्टामा थप ४६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ भने ३ सय भन्दा बढीको मृत्यु भएको छ ।
योसँगै त्यहाँ हालसम्म संक्रमित हुनेको संख्या ४७ लाख नाघेको छ भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि ९६ हजारभन्दा धेरै छ ।
यही क्रममा संक्रमित बढे फ्रान्समा अस्पतालमा बेडको र स्वास्थ्यकर्मीको अभाव हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संक्रमण तीव्र गतिमा बढेपछि त्यहाँ तेस्रोपटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया