काठमाडौं । नेपाल वायुसेवा निगमले चिनियाँ विमान भाडामा लगाउने विषयमा अध्ययन गर्न कार्यादल गठन गरेको छ ।
पाइलट केवी थापाको नेतृत्वमा विमान भाडामा लगाउने विषयमा अध्ययन गर्न कार्यादल गठन भएको निगम महाप्रबन्धक डिम प्रकाश पौडेलले जानकारी दिए ।
निगमलाई केही दिनअगाडि मात्रै अर्थ मन्त्रालयले चिनियाँ विमान सम्भव भए भाडामा लगाऊ, नभए बिक्री गर भनेर जहाज व्यवस्थापनको गर्न स्वीकृत दिएको थियो। सोही आधारमा निगमले विमान व्यवस्थापनका लागि भाडामा लगाउने गरी अध्ययन गर्न कार्यादल गठन गरेको हो।
कार्यदलमा अर्थ विभाग, अपरेटिङ विभाग, कर्पोरेट विभाग, कानुनी प्रतिनिधि र इन्जिनियरिङ विभागको समेत प्रतिनिधित्व हुने गरी कार्यदल गठन भएको छ ।
कार्यदललाई ७ दिन भित्र जहाज भाडामा लगाउने दर सहित रिपोर्ट दिने निर्देश भएको पौडेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया