काठमाडौं । कोरोना संक्रमण तिव्र रुपमा फैलिएपछि भारतले आजदेखि कडा प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गर्दै छ ।
भारतमा आइतवार एकैदिन ९३ हजार २ सय ४९ सङ्क्रमित थपिएका थिए जुन गत सेप्टेम्बर महिनायताको सर्वाधिक सङ्ख्या हो। उक्त सङ्ख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमण देखिएका छन ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सङ्क्रमण फैलिनुको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ जान भनेको बीबीसीले जनाएको छ ।
कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाख भन्दा बढी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया