एजेन्सी । बेलायतमा २० लाख बढी न्युन आय भएका कामदारहरुको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ । नेस्नल लिभिङ वेज’ २.२ प्रतिशतले वृद्धि भएसँगै यो फुल टाइम काम गर्नेहरुको वार्षिक ३ सय ४५ पाउन्ड बराबर हुने भएको हो ।
यो नीति २३ र २४ वर्षीयाहरुमा पनि पहिलोपटक लागू हुने भएको छ । यसअघि २५ को उमेर माथिकामा मात्र यो लागू हुने गर्दथ्यो । त्यस्तै १८ देखि २२ बीचको उमेरकाहरु र साथै सिकारु कामदारहरुको आयमा पनि वृद्धि हुने बताइएको छ ।
मन्त्रीहरुका अनुसार यस न्युनतम पारिश्रमिक वृद्धिले विशेषगरी रिटेल, हस्पिटालिटी, सरसफाइ र व्यवस्थापनका क्षेत्रमा काम गर्ने कामदारहरुलाई फाइदा पुग्नेछ । प्रधानमन्त्री बोरिस जोन्सनले यो बेलायतभरिका परिवारका लागि स्वागतमय आर्थिक बढावा भएको बताएका छन् ।
व्यवसायिक सचिव क्वासि क्वारतेङले सबै कामदारहरुले आगामी दिनमा आफूले पाउनुपर्ने पर्याप्त तलब पाएको सुनिश्चित गर्न समेत आग्रह गरेका छन् र सबै कामदातालाई उचित पारिश्रमिक दिनु तिनको दायित्व भएको याद दिलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया