कुमारी बैंकले मनायो आफ्नो २० औँ वार्षिकोत्सव

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

बैंकले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा चैत्र २१ गते शनिवार काठमाडौंको पशुपति क्षेत्रमा आयोजित गरेको सरसफाइ कार्यक्रमको शुभारम्भ बैंकका संचालक समितिका अध्यक्ष अमीरप्रताप राणाले गरेका थिए ।

पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिका वडा नम्बर ८ को सहकार्यमा कार्यक्रम आयोजित गरेको थियो । उक्त कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य आशा पाण्डे, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा र बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी लगायत उच्च व्यवस्थापनका पदाधिकारीहरु र १ सय ५० जना कर्मचारी कार्यक्रमा सहभागी थिए ।

हालसम्म बैंकले देशभर १ सय ९२ शाखा, १ सय ६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले आफ्नो २० वर्षको अनवरत यात्रामा सम्पुर्ण शुभचिन्तकहरुले दिएको अथक साथ र विश्वास प्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।

साथै आफ्ना निरन्तर सेवा र सुविधालाई नवीनतम प्रणालीका साथ सशक्त र सुलभ बनाउँदै जाने प्रेरणाका लागि बैंकले हृदयगत आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?