काठमाडौं । भारतमा कोरोना भाइरसबाट संंक्रमित र मृत्यु हुनेको संख्या दिन प्रतिदिन तीब्र रुपमा बढ्दै गइरहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थप ४ सय ७८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।
भारतमा ५२ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या १ करोड १६ लाख ८२ हजार १३६ पुगेका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ७ लाख ४१ हजार ८ सय ३० रहेको छ ।
आइतवार भारतमा ८ लाख ९३ हजार ७ सय ४९ वटा नमुना परिक्षण गरिएको थियो । हालसम्म त्यहाँ २४ करोड ९० लाख १९ हजार ६ सय ५७ नमुना परिक्षण गरिसकीएको भारतीय चिकित्सा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया