पानी परेपछि घटेको वायु प्रदूषण पुनः बढ्यो

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा वायु प्रदूषण पुनः बढेको छ । केही अघिदिन हल्का पानी परेपछि घटेको प्रदूषण पुनः बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाले तुवाँलो र प्रदूषणका कारण काठमाडौं उपत्यकामा चिसो पनि बढेको जनाएको छ । विभागका अनुसार वायु मण्डल स्थिर रहेकाले बिहानै तुवाँलोजस्तो देखिएको र चिसो बढेको बताएको हो ।

आगामी दुई तीन दिनसम्म यस्तै अवस्था रहने सक्ने हुनाले विभागले साबधानी अपनाउन आग्रह गरेको छ ।

विभागको तथ्यांक अनुसार आज (सोमवार) बिहान धनगढीमा सबै भन्दा धेरै वायु प्रदुषण छ । धनगढी एयर क्वालिटी इन्डेक्स ‘एक्युआई’ ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । भरतपुरको एक्युआई ३९८ छ । तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स ‘एक्वुआई’मा मापन गरिन्छ । एक्वुआई ५० सम्म हुनु राम्रो र ५० देखि १०० सम्मलाई ठिकै मानिन्छ ।

चैत महिनामा मुलुकभर अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु धुँवा धुलो प्रदुषण हावाहुरी र वर्षा नहुँदा देशका विभिन्न स्थानमा पनि तुवाँलो लाग्ने अवस्था आएको र यसबाट वायु प्रदूषण पनि बढेको हो ।

गत साता प्रदुषणका कारण सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । आइतवारदेखि विद्यालय फेरि खुलेका थिए । प्रदुषणको असरबाट बच्न सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने विज्ञको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?