काठमाडौं । नेपाली फुटबल टीमका कप्तान किरण चेम्जोङ इन्टरनेसनल प्लेयर अफ दी विक चुनिएका छन् । एसियन फुटबल कन्फेडेरेसनले भोटिङका आधारमा चेम्जोङलाई साताको उत्कृष्ट खेलाडी छनोट गरेको हो ।
नेपाली टीमका गोलरक्षक किरणले ५५ दशमलव ६९ प्रतिशत मत प्राप्त गरेका छन् ।
नेपालमा हालै सम्पन्न थ्री नेसन्स कप फूटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा एएफसीले चेम्जोङलाई प्लेयर अफ दी विकको मनोनयनमा राखेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया