कठमाडौं । साताको दोस्रो दिन शेयर बजार १.१३ अंकले बढेर २,६५८.७४ अंकमा गएर रोकिएको छ ।
यस दिन ७ अर्ब २९ करोड ६७ लाख ६० हजार १ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ५८ लाख ५३ हजार ९९३ कित्ता शेयर किनबेच भएको छ ।
सोमवार ट्रेडि, होटल तथा पर्यटन, उत्पादनमुलक संस्था,अन्य ,लघुवित्त वित्तिय संस्था,म्युचुअल फण्ड लगायतको कारोबार बढेको छ भने अन्य उपसमूहहरुको कारोबार घटेको छ ।
यस दिन एन आइ एसिया लघुवित्त संस्थाले सर्वाधिक कारोबार ग-यो । यस कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया