टेकसिँह धामी /धनगढी – नेकपा एमालेको खनाल – नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बसिरहेको छ। नेता भीम रावलले नेतृत्वमा बैठक प्रदेश पार्टी कार्यलयमा जारी छ ।
बैठकमा नेपाल समूहका नेता रावलसहित प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावललगायत उपस्थित छन् ।
ओलीको निर्णयपछि सुदूरपश्चिममा रावल निकट नेता कार्यकर्ताहरू आक्रोशित छन् । कारवाहीमा परेपछि भीम रावलले धनगढीमा पहिलो पटक बैठक आह्वान गरेका हुन् ।
प्रदेशको विस्तारित बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरू पनि सहभागी रहेको बताइएको छ ।
एमाले पूर्ववत् अवस्थामा फर्किएपछि तत्कालीन कमिटीलाई चलायमान गराउन बैठक आह्वान गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया