नागरिकता सम्बन्धी विधेयकलाई पास गराउन संसदमा आवाज उठ्यो

लोकपथ
0
Shares

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा शुसासन समितिका सभापति शशि श्रेष्ठले नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट पास गराउन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभापति श्रेष्ठले आफ्नो समितिबाट पास भएर प्रतिनिधिसभाको बैठकमा पेस भएको नागरिकता सम्बन्धी विधेयक संसदमा नै अड्किएकोमा गम्भीर ध्यानाकर्षण जनाएकी हुन् ।

नागरिकता राज्य र व्यक्तिबीचको महत्वपुर्ण सम्बन्ध स्थापित गर्ने महत्वपुर्ण आधारभूत दस्तावेज भएको भन्दै उहाँले नागरिकताको अभावमा कयौ युवाहरु शिक्षा स्वास्थय जस्ता मौलिक हकबाट बञ्चित हुनुको साथै बेरोजगार बनेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कुनै पनि व्यक्तिको स्वतन्त्र अस्तित्वको पहिलो पहिचान नै नागरिकता भएको र त्यसैको आधारमा अन्य अधिकारहरु प्राप्त हुने भएकाले नागरिकलाई पहिचानको आधार नागरिकता प्रदान गर्नु राज्यको दायित्व भएको बताइन् ।

नागरिकता सम्बन्धी विधेयक २०७७ साल असार ८ गते समितिबाट पारित भई ९ गते प्रतिनिधिसभामा पेश भएको स्मरण गर्दै उनले १० महिना सम्म पनि विधेयक पास हुन नसक्दा आफुलाई शरम लागेको बताइन् ।

उनले भनिन्, ‘यस विषयमा सरकार किन गम्भीर हुन सकिरहेको छैन ? म आफैलाई पनि यी कुराहरु भनीराख्दा अत्यन्तै शरम लाग्छ कि यो विषय पनि पास गरेन भनेर उल्टै समितिलाई दोष लगाउने काम भएको छ । घाम जत्तिकै छर्रलङ्ग विषयलाई दिउँसै अध्याँरो पार्ने काम नहोस् भन्ने कुराको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले संसद चलाउन सरकारले बिजनेस नदिएको दाबीपनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?