श्रीमतीलाई हतियार प्रहार गरि श्रीमानले गरे आत्महत्या

लोकपथ
0
Shares

झापा । झापाको गौरीगञ्चमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरि एक व्यक्तिले आत्माहत्या गरेका छन् । गौरीगञ्ज गाउँपालिका ५ का स्थित बालुगाउँमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरि घाइते बनाई उनले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

३० बर्षिय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेका हुन्।

राति २६ वर्षीया श्रीमती राजकुमारी ताजपुरियासँग झगडा भएको र झगडाकै क्रममा उनले धारिलो हतियार राजकुमारीमाथि प्रहार गरेका थिए। श्रीमती रगताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताए ।

राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?