काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रधुम्न पोखरेल निर्वाचित भएका छन् । पोखरेल मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । मंगलवार (आज) चितवनको पटिहानीमा भएको पन्ध्रौं वार्षिक साधारण सभाले पोखरेलाई अध्यक्षमा चयन गरेको हो।
त्यस्तै,सो साधारणसभाले सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठलाई उपाध्यक्षमा, महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतलाई कोषाध्यक्षमा चयन भएका छन् ।
त्यस्तै,सदस्यहरुमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, सप्तकोशी डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुवेदी, लुम्विनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा,ज्योति विकास बैंकका प्रमख कार्यकारी अधिकृत चन्द्र भट्ट र ग्रिन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्य चयन भएका छन् ।
नव नियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार समेत सम्हालेको विकास बैंकर्स संघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया