घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु चार लाख घुस लिएको अभियोग लागेका काठमाडौं महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घुससहित पक्राउ गरेको थियो ।

आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?