काठमाडौंं । ३५ वर्षीया महिलाको हत्या गरेको अभियोगमा ३ जना किशोर र १ जना किशोरीलाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ ।
बनेपा नगरपालिका-८ स्थित बसपार्कमा पार्किङ गरी राखेको बा.२ ख २४२७ नम्बरको बसभित्र ती महिला आइतवार मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रे र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा मृतक महिलासँग शारीरिक सम्पर्क गर्ने कार्यमा विवाद भई घटनामा आफूहरुको पहिचान खुल्ने डरले सबैजना मिलेर हत्या गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया