विद्रोही समूहबीच भिडन्त, ४० जनाको मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । दक्षिणी सुडान राज्यको राजधानी डारफरमा दुई विद्रोही समूहबीच भिडन्त हुँदा ४० जनाको मृत्यु भएको छ । भने ५८ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयका अनुसार सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । त्यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

भिडन्तमा परि ४०जनाको मृत्यु भएको छ भने कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ । संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय ओचाले त्यस क्षेत्रमा सोमवार पनि गोली हानाहान भएको जनाएको छ ।

सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताइएको छ ।सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?