प्रधानमन्त्री ओलीकै गृहजिल्लामा सत्तानिकट प्रेस चौतारी पराजित

लोकपथ
0
Shares

झापा । नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको प्यानल विजयी भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो ।

अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् । प्रेस युनियनका गिरीले १ सय ५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए ।

उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १ सय ३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् ।

संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओेली निकट प्रेस चौतारीका सावित्रा दाहालले १०७ मत ल्याइन् ।

सचिवमा संयुक्त प्यानलका डिकेश लामा १२८ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाल–खनाल निकट प्रेस चौतारीका सुब्रत न्यौपानेले ९९ र स्वतन्त्र उम्मेदवार प्रेमकुमार आचार्यले २५ मत ल्याएका छन् ।

खुला सहसचिवमा संयुक्त प्यानलका राजु पाठक १५५ मत ल्याई निर्वाचित भएका छन् । पाठकले ओली निकट प्रेस चौतारीका विनोद सापकोटालाई ६३ मतले पराजित गरेका छन् ।

समावेशी सहसचिवमा संयुक्त प्यानलका अर्जुन राजवंशीले १७२ मत ल्याए भने उनका प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याएका छन् ।

कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाईं १३३ मत ल्याई निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका रमेश तिवारीले ११५ मत ल्याएका छन् ।

सदस्य पदमा संयुक्त प्यानलका मधेसी सदस्य पदका उम्मेदवार सन्तोष शर्मा र महिला सदस्य स्वस्तिका आचार्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?