काठमाडौं । नयाँ सरकार गठनका लागि आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवाले अपराह्न ३ बजेका लागि तीन दलको बैठक बोलाएका हुन्।
अपराह्न ३ बजे हुने बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल गर्न तीनै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको कांग्रेस स्रोतले जनाएको छ ।
तीन दलको बैठकमा समसामियक राजनीतिक अवस्थासँगै सत्ता साझेदारीबारे छलफल हुने भएको छ ।
तीनै दल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्ने पक्षमा एकमत छन्। तर, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन भने जसपा प्रधानमन्त्री ओलीसँग वार्तामा छ।
जसले गर्दा ओली सरकार विस्थापित गर्न र नयाँ सरकार गठन गर्न अलमल भइरहेको कांग्रेस नेताहरुको आरोप छ। माओवादी नेताहरु भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वास प्रस्ताव दर्ता गर्ने काम सँगसँगै हुनुपर्ने बताउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया