भारतमा थप १ लाख ३१ हजार भन्दा बढीमा कोरोना संक्रमण, ७८० जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३१ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ सन् २०२१ लागेपछि लगातार दैनिक एक लाख भन्दा बढी संक्रमित भेटिएको यो चौंथो दिन हो । त्यहाँ हिजो बिहीवार १ लाख २६ हजार ७ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३१ हजार ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड ३० लाख ६० हजार ५ सय ४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ८० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६ सय ४२ पुगेको छ ।

हिजो बिहीवार भारतमा ६१ हजार ८ सय ९९ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ६ सय ८ रहेको छ ।

बिहीवार भारतमा १३ लाख ६४ हजार २ सय ५ वटा नमुना परिक्षण गरिएको थियो । हालसम्म त्यहाँ २५ करोड ४० लाख ४१ हजार ५ सय ८४ नमुना परिक्षण गरिसकिएको भारतीय चिकित्सा अनुसन्धान केन्द्रले जनाएको छ ।

भारतमा हालसम्म ९ करोड ४३ लाख ३४ हजार २ सय ६२ जनालाई कोरोना विरुद्धको खोप दिइसकिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?