काठमाडौं । नबिल बैंकको “Nabil Gen- N Account” खाता सञ्चालनमा ल्याएको एक वर्ष नपुग्दै एक लाख भन्दा बढी सदस्य पुगेका छन् ।
कोरोनाको असहज परिस्थितिका बावजुद सञ्चालनमा आएको सो बचत खातामा एक लाख भन्दा बढी सदस्य पुगेको नबिल बैंक ले जनाएको छ ।
बैंकका अनुसार सम्पूर्ण देशनै कोरोनाको कहरमा गुज्रिरहेको अवस्थामा ग्राहक वर्गको माग तथा समय साप्यक्ष सेवा दिने हेतुले नबिल जेन एन “Nabil Gen- N Account”ल्याएको थियो ।
“Nabil Gen-N Account नयाँ सोच नयाँ जोश बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको बैंक ले जनाएको छ ।
यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंकको दाबी छ । यसमा NTC/NCell 2GB data package एनटिसी एनसेलको २ जिबी डाटा को विशेष सुविधाका साथै थुप्रै प्रबिधि मैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको बैंक ले जनाएको छ ।
सो खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो “Nabil Gen- N Account” नाममा नझुक्किन बैंकले आग्रह गरेको छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदानगर्दै आएको बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बैंक को दाबी छ ।
ग्राहकको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया