काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ)रोशन कुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज शुक्रवार राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच सीईओ न्यौपानेलाई उक्त विभूषण प्रदान गरिएको हो ।
साथै, सोही विशेष समारोहकाबीच राष्ट्रपति भण्डारीले बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई ‘जनसेवा श्री (पञ्चम) विभूषण प्रदान गरेकी छिन् ।
सो अवसरमा सुखद अवसरमा प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धकलाई सम्पूर्ण बैंक परिवार हार्दिक बधाई ज्ञापन गर्दै बैंकको तर्फबाट राष्ट्रपति तथा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०७६र०५र३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा गरिएको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया