काठमाडौं, २० असोज- १८ महिनाको अवधिमा डेढ करोड मोबाइलको इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर दर्ता भएको छ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको आईएमईआई दर्ता सुरु गरेको १८ महिना पुग्दा एक करोड ४१ लाखभन्दा बढी आईएमईआई नम्बर दर्ता भएको जानकारी दिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।मोबाइल फोनलाई व्यवस्थित एवं आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न दूरसञ्चार प्राधिकरणले अघिल्लो वैशाख १ देखि आईएमईआई नम्बर दर्ता कडाइका साथ लागू गरेको थियो।उक्त अवधिबाट अहिलेसम्म प्राधिकरणमा म्यानुअल प्रक्रियाबाट व्यक्तिगत र व्यावसायिक गरी डेढ करोड हाराहारीमा मोबाइलको आईएमईआई नम्बर दर्ता भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया