मुख्यमन्त्री राईद्वारा नयाँ वर्षको शुभकामना

लोकपथ
0
Shares

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७८ सालको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद् र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना राईले व्यक्त गर्नु भएको छ ।

देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमण समाप्त भएको हामीले ठानेका थियौँ तर राजनीतिक अस्थिरतामा आफ्नो भविष्य देख्ने, सधैँको किचलो र खिचातानीमा रमाउनेहरुले देशलाई पुरानै बाटोमा फर्काउन नखोजेका भने होइनन् ।

यद्यपि लामो राजनीतिक परिवर्तनमार्फत प्राप्त ऐतिहासिक उपलब्धिसँगै देशमा आर्थिक, सामाजिक रुपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीव्रगतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हाम्रो साझा जिम्मेवारी र दायित्वबाट हामी किञ्चित पछि हटेका छैनौँ र हट्ने पनि छैनौँ”, मुख्यमन्त्री राईले शुभकामना सन्देशमा भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?