काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार भन्दा बढी कारवाहीमा परेका छन् ।
उपत्यकामा गएको २४ घण्टामा २ हजार १ सय ५० जना कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबैभन्दा धेरै जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्नेहरु कारवाहीमा परेका हुन् । जथाभाबी सडक तथा फुटपाथमा पार्किङ गर्ने १९२ जना, ढोका खुला राखेर गाडी चलाउने १२३ जथाभाबी गाडी रोकेर यात्रु चढाउने ८८ जना, पाटपूर्जा बिग्रिएका गाडी चलाउने ७२ जना, रातो बत्तीमा नरोकिने ४६, नम्बर प्लेट स्पष्ट नभएको गाडी चलाउने ३४ र जाँडरक्सी खाएर गाडी चलाउने ९ जनालाई कारवाहीमा परेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सडक लेन अनुशासन पालना नगर्ने तथा सवारी चालक अनुमति (लाइसेन्स) लगायत कागजात नभएकालाई पनि कारवाही गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया