काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएपछि नेपाली कांग्रेसले पनि आवश्यक रणनीतिक बनाउन संसदीय दलको बैठक बोलाएको छ ।
बैठक ९ बजेबाट बसेको स्रोतले जानकारी दिएको छ । शुक्रवार नै बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । ४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्य मध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ । प्रदेशसभामा बहुमत पुर्याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ ।
एमाले एक्लैसँग बहुमतका लागि सभामुखसहित २० जना सांसद छन् । माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन् । एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया