कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप आजदेखि लगाइने

काठमाडौं । कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप आजदेखि लगाइने भएको छ ।

माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड १९ विरुद्धको पहिलो मात्रा खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुलाई आजदेखि दोस्रो मात्रा खोप लगाइने भएको हो ।

२०७७ माघ १४, १५, १६, १७ र २६, २७, २८ र २९ गते पहिलो मात्रा खोप लगाएकाहरुलाई आज दोस्रो मात्राको खोप लगाइने छ भने माघ १८,१९,२०,२१,२२ र फागुन २ गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ८ गते, माघ २३ र फागुन ३,४,५ गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ९ गते, माघ २४ र फागुन ६,८,९ गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख १० गते, माघ ३० र फागुन ७, १० गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ११ गते दोस्रो चरणको खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउनको लागि १९ वटा खोपकेन्द्र तोकिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पताल, त्रि.बि.बि.शिक्षण अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपाल शशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र क्षेत्रपाटी निशुल्क चिकित्सालयमा खोपकेन्द्र तोकिएको छ । त्यसैगरी, विरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, जनमैत्री अस्पताल, मदरल्याण्ड अस्पताल, हिमाल अस्पताल, स्तुपा अस्पताल र ह्याम्स अस्पताललाई पनि खोप केन्द्र तोकिएको छ ।

आफुलाई पायक पर्ने खोप केन्द्रमा खोपकार्ड लिएर बिहान १० बजेदेखि ४ बजे भित्रमा खोप लगाउन जान स्वास्थ्य कार्यालय काठमाडौंले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?