एजेन्सी । भारत सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ ।
भारत सरकारले मे १ देखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिने निर्णय गरेको हो ।
भारतले ४५ वर्षमाथिकालाई मात्र खोप दिदैँ आएको थियो । भारतमा गत जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउन शुरु गरेको भएपनि दिनप्रतिदिन भारतमा संक्रमणदर बढीरहेको छ । भारतले नेपाल लगायत अन्य देशमा पनि कोरोना भाइरसविरुद्धको खोप प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया