काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज देश तथा विदेशमा हिन्दू धर्मावलम्बी नेपालीहरुले मनाउँदै छन् ।
यस दिनमा दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइनुका साथै देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरी चैते दशैँ पर्वलाई मनाइन्छ । परिवारका सम्पूर्ण सदस्यहरु भेलाभई मिष्ठान्न परिकार बनाएर खाई यस पर्वलाई रमाइलो गरी मनाइने चलन छ ।
छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन पनि रहेको छ । माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरु वली दिईन्छ भने शाहाकारीहरूले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ ।
चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ । तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज वली दिईन्छ । कोरोना भाइरस संक्रमणका कारण जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने भएकाले धार्मिक स्थलहरुमा अघिल्ला वर्षहरुको तुलनामा कम घुइँचो भएपनि यस पर्वलाई देशभर उल्लासका साथ मनाइदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया