पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कारोना संक्रमण

काठमाडौं । पूर्व भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहलाई कारोना संक्रमण पुष्टि भएको छ । हिजो सोमवार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

८८ वर्षीय सिंहले मार्च ४ र अप्रिल ३ गरि कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कँग्रेस नेता राहूल गान्धी लगायत भारतीय नेता तथा शुभचिन्तकहरुले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

त्यस्तै आज भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्धनले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अवस्था स्थिर रहेको जानकारी दिएका छन् । ट्वीट गर्दै उनले , ‘मैले एम्समा मनमोहन सिंहजीको उपचारमा संलग्न मेडिकल टिमसँग उनको बारेमा जानकारी दिएँ । उनको अवस्था स्थिर रहेको छ । उनको यथासम्भव राम्रो ध्यान राखिएको छ । हामी सबै वहाँको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौँ ।’ लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?