काठमाडौं- सिनामंगलमा रहेको सूर्या ल्याबमा प्रहरीले छापा मारेको छ ।
नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको सुराकका आधारमा सो ल्याबमा छापा मारेको महानगरीय अपराध महाशाखाले जनाएको छ । चार जनाको नक्कली पीसीआर रिपोर्ट फेला परेको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर ल्याब संचालकमाथि कारवाही गरिने उनले बताए।
महाशाखाको टोलीले अहिले थप अनुसन्धान गरिरहेको बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया