काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक जारी छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको छ ।
आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बसेको हो ।
जारी बैठकमा १४ औं महाधिवेशनको साथै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल भइरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।
बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको समेत उपस्थिति रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया